प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाएः मन्त्री ज्ञवाली

0
658

तिलाचन पाण्डे
माघ १०,२०७७ गुल्मी : नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाएको आरोप लगाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी रेसुङगा नगरकमिटी (केपी समुह) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रचण्डले आफनो निवासमा गुटको हेडक्वाटर बनाएको र कार्यकारी अध्यक्ष पदको गलत रुपमा प्रयोग गरेको आरोप लगाएका छन् ।
प्रचण्डले सरकारलाई चौतर्फी रुपमा घेराबन्दीमा पारेको र पदको बार्गेनिङ गर्ने गरेकाले संसद बिघटन गर्नु बाहेकको बिकल्प नरहेको उनको दाबी छ । प्रचण्डले पार्टी निर्माण गर्ने कार्यमा नलागी शक्ति आर्जनको जोड घटाउमा लागेको समेत ज्ञवलीको आरोप छ ।
गत कार्तिक २८ गते प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरी आरोप पत्र दर्ता गरेकै कारण पार्टीमा यो अबस्था आएको र नेपाल कम्युनिष्ट पार्टीको संकट नै प्रचण्ड भएको ज्ञवालीको दाबी छ ।
सरकारले राम्रो काम गर्ने अबसर नपाएका कारण प्रतिनिधि सभाको बिघटन गरेको भन्दै नयाँ जनादेशमा जानुको बिकल्प नरहेको उनले बताए । पार्टी भित्रैबाट काम गर्ने वातावरण नभएको र चारै तर्फबाट घेराबन्दी गरिएकाले संसद बिघटन गर्नु बाहेकको बिकल्प नरहेको भन्दै संसद बिघटन संबैधानिक रहेको उनले दाबी गरे ।

SHARE