भारतद्धारा नेपाललाई १० लाख डोज कोरोनाको खोप

0
428

माघ ७,२०७७ काठमाडौं : भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ।
स्वास्थ्य मन्त्रालयमा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका महामहिम राजदूतको उपस्थितिमा संयुक्त पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भारतले नेपाललाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको बताए।

भ्याक्सिनको पहिलो खोप बिहीबार नै काठमाडौं आउने मन्त्री त्रिपाठीले बताए। ुफागुनमा आउँछ भनेको थिएँ। अब पहिलो खोप भोलि नै आउँछ। मलाई कारवाही हुँदैन होला निरु सरकारको निरन्तर प्रयास र भारतको सहयोगमा अनुदानमा नै भ्याक्सिन आउन लागेको हो उनले भने।

औषधि व्यवस्था विभागले अघिल्लो साता भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको अक्सफोर्ड एष्ट्राजेनेकाको कोभिशिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

​भारतमा कोरोना भाइरसविरुद्धको कोभिशिल्ड र कोभ्याक्सिन खोपलाई प्रयोगको अनुमति दिइएको छ। कोभिशिल्ड बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एष्ट्रोजन कम्पनीले विकास गरेका हुन्।

भारतीय विदेश मन्त्रालयले कोभिड महामारीसँग लड्न नेपाल, भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, म्यानमार र सेसल्सलाई खोप अनुदानमा वितरण गरिने असअघि नै जनाइसकेको थियो

SHARE