माघ ७,२०७७ गुल्मी : गुल्मीमा आगामी असार मसान्तसम्म गरिबी परिचय–पत्र वितरण हुने भएको छ ।
जिल्लाका प्रत्येक स्थानीय तहमा गई तथ्याङ्क संकलन गर्न प्रत्येक पालिकामा सुपरिवेक्षक तथा गणकहरु छनोट भएका छन् । छनोट भएका गणक तथा सुपरिवेक्षकका लागि गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम सम्बन्धमा तालिम संचालन भएको छ ।
तालिमको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्ध्घाटन गर्दै शर्माले गाउँमा नम्र र शिष्ट भाषा प्रयोग गरेर तथ्याङ्क संकलन गर्न गणकहरुलाई निर्देशन दिइन् ।
प्रत्येक पालिकामा चारदेखि सातजनासम्म गणकहरु नियुक्त गरिएको छ । सबै पालिकामा एक÷एक जना सुपरिवेक्षक नियुक्त गरिएको छ । गणकहरुले सफ्टवयर मार्फत हरेक परिवारको विभिन्न विवरण संकलन गर्नेछन ।
उक्त तथ्याङ्क जिपिएस् प्रणालीबाट गणकले भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा पठाउछन् । सफ्टवयरबाट प्राप्त भएको तथ्याङ्ककाका आधारमा मन्त्रालयले गरिब र गैर गरिब परिवारहरुको छनोट गर्नेछ । गरिब परिवारहरुलाई पनि गरिब, मध्यम गरिब र अति गरिब गरी तीन भागमा विभाजन गर्छ र उक्त तथ्याङ्क पालिकामा पठाउछ ।
पालिकाले अति गरिब परिवारलाई रातो कार्ड, मध्यम गरिब परिवारलाई पहेँलो तथा गरिब परिवारलाई हरियो कार्ड प्रदान गर्छ । अहिले जिपिएस् प्रणालीबाट काम हुने भएकोले सही तथ्याङ्क संकलन हुने गुल्मीका सरोकारवालहरुले बताएका छन्् ।