नौँ दिनदेखि सवारी दुर्घटनामा बेपत्ता बिजय अझै भेटिएनन्

0
475

माघ २,२०७७ : गएको पुस २३ गते सवारी दुर्घटनामा परेर बेपत्ता भएका बबई गाउँपालिका ६ कौशिलापुर निबासी बिजय सुनार अझै फेला पर्न सकेका छैनन् । पुस २३ गते बोटेचौर—सल्ली बजार सडक खण्डमा भएको बस दुर्घटनामा परी बिजय बेपत्ता भएका हुन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका बोटेचौर नजिकै बिजय सुनार बेपत्ता भएका हुन् । बिजयसंगै बबई गाउँपालिका ३ का सुमन नेपालीको निधन भएको थियो भने सल्यान कालीमाटीका दिपक सुनार घाइते भएका छन् । घाइते दीपकको अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नौँ दिनसम्म पनि बिजय फेला पर्न नसकेपछि परिवारजनले खोजीका लागि याचना गरेका छन् । बिजयकी आमा यमा सुनार र बुवा धरमबहादुर सुनारले छोराको खोजीका लागि सबैमा याचना गरेका छन् ।

बुवाआमाले छोराको अबस्थाका बारेमा हालसम्म पनि अज्ञात रहेको जानकारी गराउँदै ९८०९८७२३५६ र ९८२३१२८६५, ९८५७८२३०८१ र ९८४४९३५१५४ मा सम्पर्क पनि आग्रह गरेका छन् । छोराको अबस्थाका बारेमा जानकारी नरहेको भन्दै खोजीमा सहयोग गर्न आग्रह गरे

SHARE