सुनको भाउमा बृद्धि

0
308

पुस २८,२०७७ काठमाडौं :सुनको भाउ आज ६ सयले बढेको छ।

छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो।

त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएको छ। त्यस्तै आज चाँदीको मुल्यमा पनि तोलामा २० रुपैयाले बढेको छ। आज चाँदी प्रतितोला १२ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

SHARE