बागलुङमा थप एक संक्रमितको मृत्यु

0
247

पुस २८,२०७७ बागलुङ : बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
जिल्लाको जैमिनी नगरपालिका–७ का ३७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो। धौलागिरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

ज्वरो आउने, स्वासप्रस्वासमा समस्या देखिने भएपछि उनी गत पुस २१ गते अस्पताल भर्ना भएका थिए। कोभिड–१९ सँग मिल्दा जुल्दा लक्षण भएकाले उनको जाँच गर्दा कोभिड पुष्टि भएको थियो। मंगलबार बिहान ७ः१० बजे उनको सघन उपचारकक्षमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए।

SHARE