कांग्रेस नेता तिमिल्सिनाको कोरोनाबाट मृत्यु

0
277

पुस २८,२०७७ काठमाडौं : नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ। उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो।

कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उनको निधन भएको हो। कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो।

SHARE