स्रोत नखुलेको ३७ लाख सहित एक जना पक्राउ

0
30

पुस २८,२०७७ काठमाडौं : प्रहरीले स्रोत नखुलेको ३७ लाख रूपैयाँ नगदसहित एक जनालाई पक्रेको छ। चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार प्रहरीले सो रकमसहित पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले चितवनबाट काठमाडौं आउँदै गरेको बा३ख ९१३९ नम्बरको हाइस गाडीमा आइरहेका रामकुमारलाई पक्रेको हो। झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले रामकुमारको साथबाट ३७ लाख नगद र ७ लाख ११ हजारको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

SHARE