गुल्मीमा ९४,०३५ जनाले राष्ट्रिय परिचयपत्रका लागि बिबरण दर्ता गरे

0
44

सूर्य सुनार
पुस २७,२०७७ गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा ९४,०३५ जनाले राष्ट्रिय परिचय पत्रका लागि बिवरण दर्ता गरेका छन् ।

राष्ट्रिय परिचय पत्र दर्ता संकलन कार्य जिल्लाका १२ वटा स्थानीय तहमा संचालन भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिका, मदाने गाउँपालिका मालिका गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा दर्ता संकलन कार्य सम्मापन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
राष्ट्रिय परिचय पत्र संकलन तथा दर्ता कार्य जिल्लाको मुसिकोट नगरपालिका, सत्यवति गाउँपालिका, र इस्मा गाउँपालिकामा संचालन भइरहेको छ ।
जसमा अहिले सम्म सम्पन्न भएका पालिकाहरुमा गुल्मीदरबारमा ११ हजार ९ सय ५, धुर्कोटमा १० हजार ५ सय ८०, छत्रकोटमा १० हजार ८ सय ४५, मदानेमा ९ हजार ७ सय ८०, मालिकामा १० हजार २ सय ४० र रुरुक्षेत्रमा ९ हजार ५ सय ९९ जनाले राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरेको गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय राष्ट्रिय परिचय पत्र दर्ता गर्नेको निकै भीड लागेको छ । प्रशासनमा नागरिता बनाउने, नागरिता सच्याउने, पासपोर्ट लिन आउने मानिसहरुले राष्ट्रिय परिचय पत्र दर्ता कार्य गर्दा भीड लागेको हो ।
पछिल्लो समय राष्ट्रिय परिचय पत्रको महत्वबारे मानिसहरु जानकार भएका छन् । जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता सम्पन्न हुन् अब २५ प्रतिशत बाँकी रहेको छ ।

SHARE