सुशीला रेग्मी
पुस २६,२०७७ पाल्पा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य ठाकुर गैरेले बिधि र पद्धत्तिको शासन नहुदा सरकार संचालनमा अन्र्तघात भएको बताएका छन् ।
पाल्पाको रामपुरमा भएको विशेष परिस्थितिमा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता गैह«ेले जनताले पाँच वर्षे सरकार चलाउन नेकपालाई सरकारमा पठाएपनि बिधि र पद्धत्ति अनुसार सरकार चल्न नसकेको उनले आरोप लगाए ।
उनले बिधि र पद्धतिको शासन चाहेका नेपाली जनताका आदेशलाई कसैले पनि गलत्याउने र संबिधान भन्दा माथि रहन पाउने अधिकार छैन र सक्दैन भने । विसं २००६ मा कम्युनिष्ट पार्टी गठन भएदेखि हालसम्म हरेक पटक फूट र जुट भए तर सबै परिस्थितिमा प्रश्न गर्न सक्नुपर्छ र अहिले विचारमा बन्देज गर्नु गलत रहेको उनको भनाई छ ।
जनताले स्थिर सरकारका लागी बहुमत दिएर पठाएको नेकपाको सरकारले संसद बिघटन गरेर पाँचवर्षे कार्य अवधी पुरा नगर्दै बीचमै पुनः निर्वाचनमा जानु ठिक नहुने बताए ।
देश संबिधान अनुसार नभएर विभिन्न सेटिङ्गमा चलेको बताउदै नेता गैह«ेले लेलिनबाद र माक्सवादको सिद्धान्तलाई अवलम्वन गर्नुपर्ने बताए । अहिले न्यायलयका बारेका जुन भ्रम छरिएको छ, प्रमुख प्रतिपक्ष दलका नेता सेरवहादर देउवा, प्रधानमन्त्री, प्रधानन्यायधिस लगायत विदेशी शक्तीको सेटिङ्ग रहेकाले संसद पुनः स्थापना हुनुपर्ने उनको भनाई छ ।
नेकपा नगर कमिटि अध्यक्ष कमलराज भट्टराईको स्वागतबाट सुुरु भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य नेत्र पाण्डे, स्याङ्जा जिल्ला सचिवालय सदस्य हरि भट्टराई, प्रदेश कमिटी सदस्य हिरा मश्राङ्गी, प्रदेश सल्लाहकार कमिटी लेखनाथ पोखरेल, दलितको तर्फबाट यम बहादुर सुनार, जिल्ला कमिटि सदस्यहरु करुणा काफ्ले, कमल सेन, कमल पाण्डे, जानकी भट्टराई, नेकपा निस्दि गाउ कमिटिका सचिव रामप्रसाद खत्री, महिलाको तर्फबाट गीता बिक लगायतले बिक लगायतले आफ्ना भनाई राखेका थिए । नेकपाका नेता राजेन्द्रप्रसाद लम्सालको अध्यक्षतामा कार्यक्रम भएको हो ।