धुर्कोटका दुई वडामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु

0
410

हुमाकान्त पोखरेल
पुस २५,२०७७ गुल्मी : धुर्कोट गाउँपालिकाका दुईवटा वडामा सनराइज बैंकले शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।
गाउँपालिकाको वडा नम्बर ३ हाडहाडे र वडा नम्बर ७ वाग्ला द्धानेटामा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले शनिबार बैकिंङ्ग सेवाको उद्घाटन गरेका हुन् । शाखारहित बैंकिङ्ग सेवाबाट बैंकमा रकम जम्मा गर्न, रकम निकाल्न, नयाँ खाता खोल्न मिल्दछ ।
त्यस्तै बिजुली, पानी, टेलिफोन तथा डिस होमको समेत बिल तिर्न सकिने सनराइज बैंक, धुर्कोट शाखा प्रमुख धु्रुव पोखरेलले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष पोखरेलले गाउँपालिकामध्ये सबैभन्दा टाढा रहेका दुई वडामा बैंकिङ्ग सेवा सुरु भएसँगै नागरिकलाई थप सहज भएको बताए ।
त्यसका साथै नागरिकहरु सामान्य कामको लागि पनि अब बर्बोट धाउन नपर्ने उनको भनाई छ । कार्यक्रममा धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्री, वडा नम्बर ३ हाडहाडेका वडाध्यक्ष विष्णु श्रीस, बैंकका प्रदेश प्रमुख सुनिल मण्डल, तम्घास शाखा प्रमुख दिनेश पन्थी, कर्मचारी ऋषिराम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

SHARE