
पुस २५,२०७७ नवलपरासी : पूर्वीनवलपरासीको मध्यविन्दुमा भारतीय लहरीले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु नगरपालिका–७ चोरमारा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय युपी२२एटी १०८७ नम्बरको लहरीले सोही दिशामै गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट ना२१प ७५६५ नम्बरको मोटरसाइकलका अन्दाजी २७ वर्षीय पुरुषको मृत्यु भएको र उनको नाम ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिए।

दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि उनले जनाए।






