प्रधानमन्त्रीको असैवंधानिक कदमप्रति अनेरास्ववियू गुल्मीको आपत्ति

0
846

पुस २५,२०७७ गुल्मी : प्रधानमन्त्रीको असैवंधानिक कदमप्रति नेकपा निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) गुल्मीले आपत्ति जनाएको छ ।
शनिबार अनेरास्ववियू गुल्मीको जिल्ला कमिठीको बैठकले प्रेस विज्ञप्तीमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो । जिल्ला संयोजक राजेन्द्र विक्रम कुँवर र सह–संयोजक भरत चन्दद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले अठात प्रतिनिधि सभा विघटन गरेसँगै देश राजनीतिक जटिलताबाट गुज्रेको जनाइएको छ ।

७० बर्ष भन्दा लामो नेपाली जनताको वलिदानीपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था माथि नै संकट सिर्जना गर्ने मात्र नभई नेपाली जनताको भावना विपरित रहेको अनेरास्ववियूले जनाएको छ ।

करिब दुई तिहाइ बहुमतको संसदीय हैसीयत विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु संवैधानिक व्यवस्था, राष्ट्र र नेपाली जनतालाई सरकार आफैले देखाएका सपनाप्रतिको घात भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसका साथै संसद विघटनको घटनाले नेकपालाई विभाजनको तहमा पु¥याएको र नेपालको कम्युनिष्ट आन्दोलनमा गम्भिर दुरगामी क्षति पु¥याएको जनाइएको छ । त्यसका लागि पार्टी एकतालाई कायम गर्दै दृढतापूर्वक अघि बढ्न, के.पी. ओलीका असंवैधानिक, कदमका विरुद्ध शसक्त रुपमा उभिन अनेरास्ववियू गुल्मीले अपिल गरेको छ ।

बैठकले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने र नेकपा र सूर्य चिन्ह प्रचण्ड–नेपाल ले नेतृत्व गरेको समुहले पाउने विश्वास व्यक्त गरेको छ ।
बैठकले संगठनको हित विपरित काम गर्ने अफ्ना सदस्यहरुलाई संगठनबाट बिदा गर्ने निर्णय गरेको छ । अनेरास्ववियू गुल्मी जिल्ला कमिटीका सदस्य बासुदेव घिमिरे, उदय अर्याल, विमल छन्तेल, दशरथ पाण्डे र नविन अर्याललाई हालसम्म संगठनमा खेलेको भूमिकाको कदर गर्दै बिदा गरेको हो । अनेरास्ववियूको बैठकले जिल्लाका सबै मावि र क्याम्पसमा संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ । जसका लागि संघीय निर्वाचन क्षेत्र नम्बर १ मा श्रीराम महत र क्षेत्र नम्बर २ मा भरत चन्दलाई संयोजनको जिम्मा दिइएको छ ।
त्यस्तै क्षेत्र नम्बर १ ‘क’ मा बालेन श्रेष्ठ र ‘ख’ मा किसन पाण्डे तथा क्षेत्र नम्बर २ को ‘क’ मा नविन अर्याल तथा ‘ख’ मा राजन केसीलाई संगठन विस्तारको संयोजनको जिम्मेवारी प्रदान गरिएको अनेरास्ववियूका प्रचार विभाग प्रमुख हुमाकान्त पोखरेलले जानकारी दिए । बैठक अनेरास्ववियू गुल्मीका संयोजक कुँवरको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सदस्य बुद्धि जि.सी.को प्रमुख आतिथ्यता, विद्यार्थी सह–इन्चार्ज ओम कार्कीको आतिथ्यता तथा सह–संयोजक चन्दको संचालनमा सम्पन्न भएको थियो ।

SHARE