प्रधानमन्त्रीको असंवैधानिक कदमको बिरोध गर्न काँग्रेसका केन्द्रीय नेताहरु गुल्मीमा

0
431

रमेश विश्वकर्मा
गुल्मी, पुस २४ :नेपाली काँग्रेसको केन्द्रीय परिपत्र अनुसार शनिबार ९पुस २५ गते गुल्मी जिल्लाका चार वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक कदमको विरुद्धमा हुन लागेको बिरोध कार्यक्रममा केन्द्रीय नेताहरु सहित जिल्लाका नेताहरुले पनि सम्बोधन गर्ने भएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद संविधान सभा सदस्य डा। चन्द्र भण्डारीले आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्लाको निर्वाचन क्षेत्र नं। १ प्रदेश ९ख० मा हुने बिरोध कार्यक्रमलाई सम्बोधन गर्ने नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिए । त्यस्तै निर्वाचान क्षेत्र नं। २ प्रदेश ९क० मा हुने बिरोध कार्यक्रमलाई नेपाली काँग्रेसका नेता एवम् सांसद प्रकाश रसाइली स्नेहीले सम्बोधन गर्ने भएका छन् ।

निर्वाचन क्षेत्र नं। २ प्रदेश ख मा हुने बिरोध कार्यक्रमलाई नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले सम्बोधन गर्ने भएका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं। १ प्रदेश क मा हुने बिरोध कार्यक्रमलाई नोपली काँग्रेस गुल्मीका उप–सभापति विष्णुप्रसाद बलालले सम्बोधन गर्ने सचिव पन्थीले जानकारी दिए । बिरोध कार्यक्रम जिल्लाको निर्वाचन क्षेत्र नं। १ को प्रदेश क को ग्वाघामा हुने भएको छ । प्रदेश ख को भेडुवा र निर्वाचन क्षेत्र नं। २ को प्रदेश क को छल्दीटारी र प्रदेश ख को सिमलटारीमा हुने भएको गुल्मी काँग्रेसले जनाएको छ ।

त्यस्तै गुल्मी काँग्रेसले जिल्लाबाट बिरोध कार्यक्रममा चार वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि समेत खटाएको छ । निर्वाचन क्षेत्र नं। १ को प्रदेश क मा उपसभापति विष्णुप्रसाद बलाल, प्रदेश ख मा सचिव खिलध्वज पन्थी, निर्वाचन क्षेत्र नं। २ को प्रदेश क मा सचिव विष्णुकुमारी सापकोटा र प्रदेश ख मा पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ स्वयं आफै प्रतिनिधिको रुपमा खटिएका छन् ।

गुल्मी काँग्रेसका अनुसार चार वटै प्रदेश निर्वाचन क्षेत्रमा बिरोध ¥याली र सभा हुनेछ । वर्तमान प्रधानमन्त्री ओलीको सम्पूर्ण ज्यादतीका विरुद्धमा पार्टी केन्द्रीय समितिले आव्हान गरेको बिरोध कार्यक्रममा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संस्थाका सम्पूर्णलाई आ–आफ्नो प्रदेश निर्वाचन क्षेत्रमा सहभागिता हुन् सभापति श्रेष्ठले आग्रह गरे ।

SHARE