गुल्मीमा दूई स्थानीय तहका नेकपा दुबै पक्षका गुट तथा भेलाहरुमा सहभागी नहुने

0
431

पुस २४,२०७७ गुल्मी : गुल्मीका दूई स्थानीय तहका नेकपा दुबै पक्षका गुट तथा भेलाहरुमा सहभागी नहुने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीगण्डकी र सत्यवती गाउँकमिटी गुल्मीले गुटगत भेलाहरु त्यागी एकताको वातारवरण निर्माण गर्न केन्द्रिय नेतृत्वहरुलाई आग्रह गरेको छ ।
यही अबस्थामा आँफूहरु कुनै गुटको भेला तथा गतिबिधिहरुमा सहभागी नहुने र स्थानीय नेता तथा कार्यकर्ताहरुलाई पनि सहभागी नहुन आग्रह गरिएको कालीगण्डकी गाउँपालिका नेकपाका अध्यक्ष रामजी ढकाल र सचिब मोहोनीलाल भट्टराई द्धारा जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
पार्टीमा देखिएका पछिल्ला गतिबिधिहरुले आम जनता , कार्यकर्ता प्रति उत्पन्न भएका चिन्ताहरु प्रति नेतृत्वलाई गम्भीर बन्न पनि आग्रह गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट नेपाली जनताले ठुलो आस र बिश्वास गरेकाले बिश्वासलाई गुम्न दिन नहुनेमा कालीगण्डकी नेकपाले जोड दिएको छ ।
यस्तै सत्यवती गाउँपालिकाको नेकपाले पनि आँफूहरु र आफना मातहतका कमिटिहरुलाई कुनै पनि गुटका भेला तथा कार्यक्रमहरुमा नजान आग्रह गरेको छ । अध्यक्ष ठगप्रसाद ज्ञवाली र सचिब जितु तरामु मगरद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा आँफूहरुले अझै पनि एकताको पक्षमै जोड दिने जनाएका छन् ।
जनताले पाँच बर्षको स्थिर सरकारका लागि जनमत दिएर पठाएकाले जनमतको पनि कदर गर्न केन्द्रिय नेतृत्वलाई सुझाब दिएको छ ।

SHARE