
अजय खडका
पुस २४,२०७७ गुल्मी :गुल्मीमा वार्षिक प्रगति समिक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा तम्घासमा सम्पन्न भएको छ ।
कोभिड १९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्याक्तिहरुको पहँुच र दीगो विकासको लागि हामी सवैको प्रतिवद्धता भन्ने नाराका साथ विकलाङ्ग मित्र समु्ह अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा द्धारा सञ्चालित सक्षम परियोजना गुल्मीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
यो परियोजनाले विशेष गरी अपाङ्ग बालबालिकाको क्षेत्रमा काम गर्ने भएकोले यस्ता बाल बालिका हरुको लागी निःशुल्क रुपमा उपचार गर्दै आएको अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपाका अस्पताल व्यवस्थापक प्रकाश यादवले बताए
सक्षम परियोजनाले गुल्मी जिल्लामा विगत तीन वर्ष देखी काम गरीरहेको छ । अहिले सम्म उक्त परियोजना मार्फत जिल्लाका ५ सय ७६ अपाङ्ग बालबालिकाहरुलाइ उपचार गरीसकेको र कोभिडको समयमा पनि बालबालिकाहरुको परिवारमा राहत लगाएत शैक्षीक सामाग्रीहरु वितरण गरेको सक्षम परियोजना गुल्मीका कार्यलय प्रमुख होमराज केसिले बताए ।
कार्यक्रममा गुल्मीका अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका सेवाग्राहिहरु पनि उपस्थीत भएका थिए । उक्त कार्यक्रममा बोल्दै सेवाग्राहीहरुले उक्त अस्पतालका कारण आफ्ना अपाङ्ग छोरा छोरीहरु अहिले निको भएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय सरकार संग सहकार्य गरी काम गर्न र आफुले गरेका सम्पुर्ण क्रियाकलापहरुको बारेमा स्थानीय तहमा पारदर्शिरुपमा प्रश्तुति गर्न आग्रह गरिन् ।
साथै सरकारी तथा गैह्र सरकारी तथा निजी संघ सस्थाहरुले सेवा लिन आउने सेवाग्रहिहरुलाई आपाङ्गमैत्री सेवा दिनु पर्ने र अब बनाउने संरचनाहरु पनि अपाङ्गमैत्रि बनाउन समेत शर्माले आग्रह गरिन् ।
अपाङ्ग बालबालिकाको हितको क्षेत्रमा काम गरेको उक्त परियोजनालाई नगरको तर्फबाट आफुले जति सक्दो सहयो गर्न तयार रहेको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले बताए।
कार्यक्रममा जिल्लाका स्थानिय तहका उपाध्यक्षहरु जिल्ला स्वास्थ्य प्रमुख, समन्वय उपप्रमुख , जिल्ला समन्वय अधिकारी शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, जिल्ला प्रहरीनायव उपरीक्षक,राष्ट्रिय अनुसन्धान कार्यलय गुल्मीका प्रमुख, रेसुङ्गा नगरपालिका महिला तथा बालबालिका समाज कल्याण शाखा प्रमुख, पत्रकार लगाएतको उस्थिति रहेको थियो ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेका कार्यक्रममा तुल्सी पाण्डको स्वागत मन्तब्य र पुर्नस्थापना सहायक निर्मला पुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।







