सूर्य नेकपा ओली पक्षले नै पाउँछौ : कमलराज श्रेष्ठ

0
462

सूर्य सुनार
पुस २२,२०७७ गुल्मी : प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेकपा केन्द्रीय सदस्य कमलराज श्रेष्ठले केही व्यक्तिले गर्दा सरकार चलाउन समस्या भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न वाध्य भएको बताएका छन् ।
बुधबार गुल्मी जिल्लामा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको जिल्ला भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
विगतमा देशको सिमा अतिक्रमण गर्दा होस या भरतले नेपाललाई नाकाबन्दी गर्दा डटेर सामना गरेकोले प्रधानमन्त्री ओलीलाई अहिलेको पुस्ताले सम्मान गर्नुपर्ने बताएका छन् ।

अहिले एउटै पार्टीका नेता तथा कार्यकर्ताहरु अलग अलग बैठक बस्न पर्दा आफुलाई दुःख लागेको पनि बताए । आँफु रहरले केन्द्रीय सदस्य नभएर पाटी एकिकरणको लागि केन्द्रीय सदस्य भएको बताउएका हुन् ।
अहिले बाहिर चुनाव चिन्ह सूर्य कस्ले पाउने हो भने हल्ला चलेको छ । तर सूर्य चिन्ह प्रधानमन्त्री ओली पक्षले नै पाउने उनले दावी गरेका छन् ।
अर्का प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेकपा केन्द्रीय सदस्य मधुकृष्ण पन्तले अनेरास्ववियुका नेता तथा कार्यकर्ताले सही विचारको बाटो तर्फ लाग्नुपर्ने बताएका छन् ।
विगतमा प्रधानमन्त्री ओलीले देश विकासमा विगतका सरकार भन्दा फरक र धेरै विकासका काम गरेको दावी गरेका छन् । अब अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई सबैलाई सचेत बनाउदै शौक्षिक संस्थामा पुग्न जरुरी रहेको पनि बताए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको जिल्ला भेलाबाट विमल छन्तेलको संयोजकमा ११५ सदस्य सम्मेलन आयोजक समिति घोषणा गरिएको छ । नवनिर्बाचित पदाधिकारीहरुलाई आजै गोपनियताको सपथ खुवाइएको छ ।

SHARE