गाउँगाउँमै पुगेर ४१ जना अपाङ्गहरुलाई परिचयपत्र

0
404

पुस २२,२०७७ गुल्मी : जिल्लाको गुल्मीदरबार गाउँपालिकाले गाउँपालिका भित्रका ७ वटै वडामा पुगेर अपाङ्ग परिचयपत्र वितरण गरेको छ ।
गाउँपालिका भित्र रहेका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बन्चित हुन् नपरोस् भन्ने उद्देश्यले वडा स्तरबाटै ४१ जनालाई परिचयपत्र बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

जसमा महिला १५ जना र पुरुष २६ जना रहेको गाउँपालिकाले जनाएको छ । जसमा ‘क’ वर्गका महिला दूई जना र पुरुष एक गरी तीन जना छन् । ‘ख’ वर्गका महिला चार जना र पुरुष छ जना गरी १० जना छन् । ‘ग’ वर्गका महिला सात जना र पुरुष १४ जना गरी २१ जना छन् । ‘घ’ वर्गका महिला तीन जना र पुरुष चार जना महिला गरी सात जना छन् । योसँगै गाउँपालिकामा अपाङ्ग परिचयपत्र लिनेको संख्या २८३ जना रहेको पाण्डेले जानकारी दिए ।

परिचयपत्र वितरणको लागि सञ्चालन गरिएको घुम्ती शिविरमा गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा, उपाध्यक्ष मिना भण्डारी, मेडिकल अधिकृत डा. आषुस रिजाल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्याल लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

SHARE