मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

0
675

२१,२०७७ नवलपरासी : पूर्वी नवलपरासीको कावासोतीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

नगरपालिकाको वडा नम्बर ११ पिठौलीस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको लु ६ प ४० ३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा सोही ठाउँका ५१ वर्षीय दिलबहादुर बरामको ज्यान गएको हो।

दुर्घटनामा परेका बरामको टाउकोमा गहिरो चोट लागेपछि उपचारका लागि पुरानो मेडिकल कलेज चितवनको भरतपुरमा लगिएको थियो।

तर, अस्पताल पुर्‍याएपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहन बहादुर खाँडले जानकारी दिएका छन्‌।

SHARE