प्रधानमन्त्रीले संबिधानको धज्जी उडाएको जनमोर्चाको आरोप , जनताको मतको अपमान भएको ठहर

0
836

सूर्य सुनार
पुस २०,२०७७ गुल्मी : राष्ट्रिय जनमोर्चाका नेता शोमकुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धज्जी उडाएको बताएका छन् ।
सोमबार गुल्मी जिल्लामा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गदै उनले यस्तो बताएका हुन् । ओली नेतृत्व सरकारले जनताको अपमान गरेको समयमा प्रमुख प्रतिपक्ष दलले हेरेर बसेको आरोप लगाएका छन् ।

हिजो नेपाली कांग्रेशबाट नै प्रतिनिधि सभा विघटन भएकाले उनीहरु मौन रहेको बताए । जनताले विगतमा नेपाली कांग्रेशलाई धेरै पटक सरकार चलाउन जिम्मेवारी दिए पनि स्थिर सरकार चलाउन नसकेको कारणले अहिले विरोध गर्न नेपाली कांग्रेश पछि हटेको आरोप लगाएका छन् । उनले पुनः एक पटक ओली सरकारको विरुद्धमा जनता एक हुन् आवश्यक रहेको पनि बताएका छन् ।

जनताको मतको अपमान

राष्ट्रिय जनमोर्चाका नेता तारा थापाले जनताको मतको अपमान गरेको बताइन । जनताको आकंक्षा पुरा गर्नको साटो प्रतिनिधि सभा विघटन गरेको जनतालाई निरासा बनाएको बताइन । ओली सरकार विरुद्ध सम्पुर्ण नेपाली नागरिक एक हुन अहिलेको आवश्यक रहेको बताइन ।
त्यस्तै अखिल नेपाल वुद्धीजिवी संघका अध्यक्ष कमल प्रसाद अर्याल, राम कुमार क्षेत्री, छविलाल सर्तुङ्गेहरुले विघटीत प्रतिनिधि सभालाई पुर्नस्थापना गर्न माग गरेका थिए । यदी हाम्रो कुरालाई सरकारले ख्याल नगरेमा चरणवद्ध आन्दोलन गर्ने पनि बताइएको छ ।

SHARE