सडकमा नाचगान गदैं नागरिकलाई सचेत गराउँदै लुम्बिनी प्रहरी

0
604

सूर्य सुनार
पुस १९,२०७७ गुल्मी : लुम्बिनी प्रदेश प्रहरी कार्यालयले थालेको सडक सचेतना कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
नाचगानको माध्यमबाट प्रदेशका १२ वटा जिल्लामा गरिएकोे सचेतना कार्यक्रम गुल्मीको तम्घासमा पनि गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले थालेको सडक सचेतना कार्यक्रम गुल्मी सदरमुकाम तम्घासमा गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक कार्यालय गुल्मीको सहकार्यमा तम्घास बजारका बिभिन्न स्थानमा सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेले जानकारी दिए।

गन्र्धवहरुले सारगीं बाजा बजाउदै सन्देशमुलक संगित नागरिक माझ प्रस्तुत गरेका थिए । सडकमा सारगीं बजाउदै गाउदै नागरिकहरुलाई महिला हिंसा, घरेलु हिंसा, लैगींक हिंसा, बालविवाह, बहुविवाह तथा सवारी दुर्घटना न्युनीकरण बारेमा नागरीकलाई सरल ढंगले संगितको माध्यम बाट सचेत गराइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक तिलक नेपालीले बताए ।
सचेतना कार्यक्रम गुल्मीमा २ दिनसम्म चलेको हो । स्थानीय पालिकाहरुसंग समन्वय गरेर यो कार्यक्रम लाई सबै माझ पुयाएर सबै नागरिकलाई सचेत गर्ने यस कार्यक्रमको प्रमुख उद्येश्य रहेको नेपालीले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा पौष १ गते देखी संचालन भएको थियो भने समापन पौषको अन्तिममा हुने छ । बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै सडक सचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेता पनि सवारी दुर्घटनामा कमी आउन सकेको छैन् ।

SHARE