सुशीला रेग्मी
पुस १९,२०७७ पाल्पा : पाल्पाको रिब्दिकोट गाउँपालिका ३ लप्सीको रुख स्थित सडकमा टिप्पर दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर आइतबार दिउँसो साढे तीन वजे दुर्घटना भएको हो ।
दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका –५ मुझुङ्गका ४० वर्षीय रामु कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । टिप्पर सडकदेखि करिव एक सय ५० मिटर तल खसेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।