गर्भवती महिला भएको घरमा गर्भवती निवास अंकित हरियो पोष्टर

0
408

तिलाचन पाण्डे
पुस १९,२०७७ गुल्मी : गुल्मीदरबार गाउँपालिकामा गर्भवती भएका महिलाहरुको घरमा गर्भवती निवास अंकित हरियो पोष्टर टाँसिएका छन् ।
गाउँपालिकाका सात वटै वडाका १३२ गर्भवती महिलाहरुको घरमा हरियो पोष्टर टाँसिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए । गर्भवती भएका महिलाहरुको घर पहिचान गर्नका लागि र उनीहरुलाई कुनै समस्या भएमा सवारी साधन अर्थात एम्बुलेन्स जानका लागि सहज होस भन्ने उद्येश्यले हरियो पोष्टर टाँसिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै महिलाहरु गर्भवती भएको समयमा अभिभाबकहरुले निभाउनु पर्ने भूमिका र दायित्वको बारेमा पनि सरोकारवालाहरुको ध्यान जान सक्ने , घरमा गर्भवती महिला भएको र आँफू बाबु बन्दै छु भन्नेमा पनि गर्व हुने बिश्वास गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले महिला गर्भवति भएपश्चात सुरक्षित मातृत्व , पोषण र बालस्वास्थ्यलाई प्राथमिकतामा राख्दै आफनो अनि गर्भ र बच्चाको ख्याल गर्नुस है भन्दै कस्तो छ आमा कार्यक्रम अन्र्तगत सो कार्यक्रम संचालनमा ल्याएको हो ।
तत्कालका लागि गाउँपालिकाले नौ लाख रुपैयाँ बजेटको ब्यबस्थापन गरेको भन्दै रकम अभाब हुन नदिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
गाउँपालिकाले जेष्ठ नागरिकहरुको घरमै गएर स्वास्थ्य जाँच र स्वास्थ्य अबस्थाको बारेमा पनि जानकारी लिने गरेको छ ।

SHARE