नेकपा ओली समूहका अनेरास्ववियुको भेला आज, ओलीले सम्बोधन गर्ने

0
415
फाइल फोटो

पुस १९,२०७७ काठमाडौं : संसद विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले कार्यकर्ता भेला, छलफललाई व्यापकता दिएको छ ।

आज केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दैछ । भेला कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा १२ बजेका लागि तय गरिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुंं) केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय भेलालाई प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सम्बोधन गर्नेछ ।

यस्तै रामबहादुर थापा बादल, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको अनेरास्ववियुले जानकारी दिएको छ ।

SHARE