नेकपा पार्टी फुटेकै छैन : मन्त्री ज्ञवाली

0
484

पुस १८,२०७७ पाल्पा : परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएको बताएका छन्। नेकपा पाल्पाको आयोजनामा शनिबार तानसेनमा आयोजित कार्यकर्ता भेलामा ओलीपक्षीत नेता तथा कार्यकर्ताको सहभागिता थियो।

कुनै एउटा गुटका नेताले केन्द्रमा छुट्टै बैठक राख्दैमा पार्टी फुटेको भन्न नमिल्ने उनले दाबी गरे। अध्यक्षले अध्यक्षता नगरेको, महासचिवले बैठक नबोलाएको र माइन्युटमा हस्ताक्षर नभएको बैठक नेकपाको हुनै सक्दैन। पार्टीको संस्थापन पक्षधरले पार्टी विभाजनको कल्पनासमेत गरेको छैन।

SHARE