
पुस १७,२०७७ गुल्मी :गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले महिलाहरुलाई आत्म निर्भर र सीप प्रदान गर्ने कार्यमा गाउँपालिका लागि परेको दाबी गरेकी छन् ।
गाउँपालिका भित्रका महिलाहरुलाई आँफू निर्वाचित भएर आइसकेपछि उनीहरुलाई बिभिन्न तालिम ,सीपहरु प्रदान गरेको भन्दै महिलाहरु अब कसैको मुख ताक्न नपर्ने गरी आर्थिक तबरले आत्म निर्भर बनाउने गरी लागेको बताइन् ।
प्रबिधिमय बन्न तालिम
गाउँपालिका भित्रका महिलाहरुलाई प्रबिधिसंग जोडनका लागि कम्प्युटर तालिमको ब्यबस्था गरेको उनले बताइन् ।
गत बर्ष सातवटै वडाका महिलाहरुलाई कम्प्युटर तालिमको ब्यबस्था गरिएको उनले बताइन् । अहिलेको समयमा प्रबिधिसंग नजिक हुनु पर्ने प्राबिधिक ज्ञान पनि आवश्यक भएकाले कम्प्युटर तालिम संचालन गरिएको उनले बताइन् ।
टपरी बनाउने देखि ब्युटी पार्लर सम्मका तालिम
यस्तै महिलाहरुलाई ब्यबसायीक रुपमा काम गरी आत्म निर्भर बनाउनका लागि टपरी बनाउने तालिम अर्थात मेसिनबाट टपरी बनाउने देखि ब्युटीपार्लर सम्मका तालिमको ब्यबस्था गरिएको छ ।
महिलाहरुलाइृ अनुदान दिने भन्दा पनि सीप प्रदान गर्दा आत्म निर्भर बन्न सक्ने सीपको प्रयोगबाट जीबन शैलीमा आमुल परिबर्तन गर्न सकिने भन्दै यस्ता कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।
पछिल्लो समयमा गाउँपालिका भित्रका महिलाहरु कृषि र पशुपालनमा पनि ब्यबसायीक रुपमा नै रम्न थालेकाले उनीहरुलाई प्रोत्साहन गर्नका लागि अनुदान संगै प्रबिधिहरु हस्तान्तरण गर्न गाउँपालिका लागेको उपाध्यक्ष थापाले दाबी गरिन् ।
यस्तै गाउँपालिका भित्रका बिपन्न र एकल महिलाहरुले होटल ब्यबसाय गरेको भन्दै ४ जनालाई अनुदान संगै सीपको पनि ब्यबस्था गरिएको छ ।
अनुगमनलाई तिब्रता
उपाध्यक्षको नेतृत्वमा बिकास निर्माणका अनुगमन हुने भएकाले अनुगमन नगरि भुक्तानी नदिने गरेको थापाले बताइन् ।
पाँच लाख भन्दा माथिका योजनाहरुमा कडाईका साथ अनुगमन गर्दै गाउँपालिकाको सर्बदलिय समिति मार्फत अनिवार्य रुपमा अनुगनम गरी भुक्तानी दिने ब्यबस्था गरिएको छ ।
अझै पनि कतिपय स्थानहरुमा महिलाहरु उपभोक्ता समितको पदाधिकारीमा नबस्ने र बस्न नदिने परिपाटीको अन्त्यका लागि पनि महिलाहरुलाई नेतृत्व लिन पर्छ भन्ने हिसाबले जानकार गराइएको थापाको दाबी छ ।
गाउँपालिकाको आन्तरिक आम्दामी भनेको राजश्व भएकाले यसलाई पनि ध्यानमा राखी काम भइरहेको छ ।
बालबिवाह र बहुबिबाह प्रमुख समस्या
गाउँपालिका भित्र अझै पनि उमेर नपुगी बिबाह गर्ने प्रचलन रहेकाले आँफूले यसलाई जटिल समस्याको रुपमा लिएको थापाले बताइन् ।
उमेर नपुगी बिबाह गर्नै र बच्चा जन्माउने पछि बहुबिबाह गर्नै समस्याको अन्त्यका लागि सचेतना जगाउने काम गाउँपालिकाले गरिरहेको छ । यस्ता समस्याहरु गाउँपालिका भित्र देखिएकाले यसलाई निराकरण गर्नका लागि आँफू सदैब लागेको थापाले बताइन् ।
न्यायिक समितिमा मदिरा सेवन गरी झै झगडाका मुद्धा धेरै
आँफू न्यायिक समितिको पनि संयोजक रहेकाले गाउँपालिकामा मदिरा सेवन गरी महिला पुरुष बिचका झै झगडा लगायतका मुद्धाहरु धेरै आउँने गरेको थापाले बताइन् । त्यी समस्याहरुलाई समाधान गर्नका लागि दुई पक्षको सहमतिमा मेलमिलाप गरी पठाइने गरेको थापाको दाबी छ ।
यस्तै बाल बिबाह र बहुबिबाहका मुद्धाहरुलाई भने जिल्ला अदालतमा पठाउने गरिएको छ ।






