लुम्बिनी चिनी मिलका सञ्चालक पक्राउ

0
465

पुस १६,२०७७काठमाडौं : उखु किसानको बक्यौता रकम भुक्तानी नगरेका एक चिनी मिल सञ्चालक आज पक्राउ परेका छन्। वीरगन्ज उपमहानगरपालिका–२ बस्ने लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक डिएसपी मनोजित कुँवरले जानकारी दिए।

डिएसपी कुँवरका अनुसार पश्चिम नवलपरासीमा सन्चालनमा रहेको लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाललाई पश्चिम नवलपरासीमै पठाउने तयारी भइरहेको छ।
उखु किसानहरूले काठमाडौंमा गरेको १६ दिने आन्दोलनपछि सरकारले उखुको रकम भुक्तानी नदिने सञ्चालकहरू पक्राउ गर्न निर्देशन दिएको थियो।

उखुको बक्यौता रकम दिलाई दिन माग गर्दै १६ दिनदेखि आन्दोलनरत उखु किसान र सरकारी पक्षबीच यही १३ गते चार बुँदे सहमति भएको छ। २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने अन्यथा कानुनी कारवाहीको थप प्रक्रिया अगाडि बढाइने सहमति भएको थियो।

SHARE