कांग्रेस गुल्मीले ४५ औं राष्ट्रिय एकता तथा मिलमिलाप दिवस मनाउँदै

0
479

पुस १६,२०७७ गुल्मी :सदरमुकाम तम्घासस्थित पार्टी कार्यालय वी।पी। स्मृति भवनमा अहिले ११ बजे विचार गोष्ठीको आयोजना गरि ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको हो ।
२०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालासहितका नेताहरु आठ वर्षे निर्वासित जीवन बिताएर स्वदेश फर्केको दिनको सम्झनामा यो दिवस मनाइने गरिएको हो ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपीको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो । त्यसपछि २०२५ सालमा वीपीसहितका कांग्रेस नेता भारत प्रवासमा गएका थिए । तर, मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका कांग्रेस नेतालाई तत्कालीन पञ्चायत व्यवस्था र राजासमेतले पक्रेर सुन्दरीजल बन्दीगृहमा लगेर राखेका थिए ।

SHARE