प्रचण्डले पेस गरेको दस्ताबेजका कारण पार्टी फुटको संघारमा : मुख्यमन्त्री पोख्रेल

0
628

पुस १४,२०७७ कपिलबस्तु :लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोख्रेलले नेकपा भित्र सहमतिको सम्भावना रहेको दाबी गरेका छन्।

मंगलबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, बुद्धभूमि क्याम्पसमा आयोजित भेलालाई सम्बोधन गर्दै दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पेस गरेको दस्ताबेजका कारण पार्टी फुटको संघारमा आएको उनले आरोप लगाए ।
उहाँहरुले प्रधानमन्त्रीलाई गरेको आरोपपत्र फिर्ता लिने र चुनावमा भाग लिन मन्जुर गर्ने हो भने फेरि सँगै हिँड्न सक्ने अवस्था आउँने दाबी बताए ।
उनले नेकपा प्रचण्ड–माधव पक्षलाई विभाजनका गतिविधि बन्द गरी एकताका पक्षमा लाग्न समेत आग्रह गरे ।

SHARE