सवारी दुर्घटना न्यूनीकरणका लागि डमी ट्राफिक प्रहरी

0
715

पुस १४,२०७७ कपिलबस्तु : सवारी दुर्घटना न्यूनीकरणका लागि कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ अर्घाखाँची चोकमा डमी ट्राफिक प्रहरी राखिएको छ ।
मंगलबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्वर बिकले डमी ट्राफिक प्रहरी राख्दै डमीका कारण सवारी चालकहरु सचेत भएको बताए ।
डमी देखे पछि ट्राफिक प्रहरी भए जस्तो मानेर सवारी गती कम गर्ने , सिटबेल्ट राख्ने, ट्राफिक नियम पालना गर्ने गरेको बिकले बताए ।

ट्राफिक प्रहरीले गत मंसिरमा रुपन्देहीका बिभिन्न ४ स्थानमा डमी राख्न सुरु गरेको थियो । यो सँगै प्रदेशका ५ स्थानमा डमी राखीएको छ । कपिलवस्तु जिल्लाका स्थानीय सरकार सँग सहकार्य गरी ४ स्थानमा डमी राख्ने योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले बताए ।
ट्राफिक प्रहरीको पोशाक, पेटी, टाई, टोपीमा सजिएको डमी टाढाबाट हेर्दा दुरुस्तै देखिन्छ । डमीको हातमा सचेतना मुलक सन्देस लेखिएको बोर्ड राखिएको छ ।

SHARE