तोलामा सात सयले बढ्यो सुनको मूल्य

0
70

पुस १३,२०७७ काठमाडौं : आज सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ।

शुक्रबार र आइतबार बढ्ने स्थिर रहेको पहेँलो धातुको मूल्यमा आज एकै पटक वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार २०० रहेकामा आज प्रतितोला रु ९४ हजार ९०० पुगेको छ।

यस्तै तेजाबी सुन आइतबार प्रतितोला रु ९३ हजार ७०० रहेकामा आज रु ७०० ले वृद्धि भई रु ९४ हजार ४०० मा कारोवार भएको छ।

त्यस्तै चाँदी आज प्रतितोला रु एक हजार ३१५ मा कारोवार भएको छ। चाँदी आइतबार रु एक हजार २८० मा कारोवार भएको थियो।

SHARE