संंसद बिघटन असंबैधनिक र आत्मघाती : मन्त्री बराल

0
1055

सुर्य सुनार
पुस १२,२०७७ गुल्मी :नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कार्यालय सदस्य तथा लुम्बिनी प्रदेशका सामाजिक बिकाश मन्त्री सुदर्शन बरालले नेपाली जनताले बिश्वास गरेर स्थिरता र बिकाशको लागी नेकपालाई जिताएको मा दुई तिहाईको संसद बिघटन असंबैधनिक र आत्मघाती रहेको बताएका छन् ।

नेकपा गुल्मीको जिल्ला सचिवालयको बिस्तारित बैठकलाई सम्बोधन गर्दै बरालले यस कदमको बिरुद्धमा लाग्नुको बिकल्प नरहेको बताए नेपाली एकिृत कम्युनिष्ट आन्दोजल बचाउन सचेत भएर लाग्न उनले स्थानीय नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए।
यस्तै सो बैठकका नेकपा नेता सोमनाथ सापकोटाले संसद बिगठन र पार्टीको बिभाजन दुखद भएकाले सम्हालिएर अगाडि बढ्न आग्रह गरे । बैठकमा शेषकान्त गौतमले पार्टी एकता बचाउन नेतृत्वलाई दवाब दिनुपर्ने धारणराखे ।
बैठकमा नेकपाका नेता लक्ष्मण बिष्ट, भुपाल पोखरेल, गणेश श्रीपालीले असंबैधानिक रुपमा बिगठन गरिएको संसदको पुर्नस्पथाना गर्न र पार्टी एकताबद्ध बनाउन लाग्नुपर्नेमा जोड दिए।


बैठकले पार्टीका नेता बोम बहादुर खड्काको दुखद निधन प्रति श्रदाञ्जली अपर्ण गरेको छ । कम्युनिष्ट आन्दोलन बचाउनको लागी सबै नेता कार्यकर्ता शसक्त भएर लाग्ने र केन्द्रिय समितिले गरेको निणर्य कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ ।
नेकपा गुल्मीका सचिव बीरबहादुर कार्कीको अध्यक्षता र हिरा एसीको संचालनमा सम्पन्न भएको छ । उक्त बैठकले बिभिन्न निणर्य गरी एक प्रेस बिज्ञप्ती जारी गरि जानकारी गराईएको छ ।

SHARE