सगरमाथा इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

0
480

हुमाकान्त पोखरेल
पुस १२,२०७७ गुल्मी :सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ ।
पाल्पाको रैनादेवी गाउँपालिका ४ गोविन्द राना मगरको परिवारलाई दाबी रकम १० लाख प्रदान गरेको छ । आइतबार प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले मृतककी श्रीमती कमला रानामगरलाई चेक हस्तान्तरण गरिन् ।
गोविन्दको एक बर्ष पहिला नेपाल बन पैदावार उध्धोग व्यवसायी संघ गुल्मीले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा सामुहिक दुर्घटना बीमा गराइदिएको थियो । उनको गत बर्षको माघ २३ गते छत्रकोट गाउँपालिका ४ दिगाममा पि।आर।एस्। काष्ठ सप्लायर्सको कम्पनीको तर्फबाट काठ बोक्दा लडेर ज्यान गएको थियो । ज्यान गएपछि बीचमा कोरोनाको कारण प्रक्रिया नपुगेको भुक्तानीमा केही ढिलाइ भएको सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख रमेश अधिकारीले जानकारी दिए । मृतक गोविन्दका हाल श्रीमती, चार छोरी र एक छोरा रहेका छन् ।

रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले रकम प्रदान गर्ने इन्स्योरेन्स तथा बीमा गरिदिने बन पैदावार संस्थालाई धन्यवाद दिइन । त्यसका साथै उनले बीमा क्षेत्रको बजार बिस्तारका लागि सबै नागरिक जागरुक हुनुपर्ने बताइन

SHARE