अबदेखि निजी प्रयोगशालामा पिसिआर परीक्षण नहुने

0
276
फाइल फोटो

पुस : १२
काठमाडौं : सरकारले अबदेखि निजी प्रयोगशालामा कोरोनाको पिसिआर परीक्षण नगर्ने भएको छ।

आज बिहान बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले निजी प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गर्ने कार्य तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यस्तैगरी सरकारी प्रयोगशालाहरुमा परीक्षण गर्न बाँकी नमुना मन्त्रालयले सोधभर्ना दिनेगरी निजी प्रयोगशालामा गर्ने गराउने गरिएकोमा आजको मितिबाट अर्को व्यवस्था नभएसम्मलाई रोक्ने निर्णय पनि गरिएको डा गौतमले बताए।

बैठकले पछिल्ला दिनमा संयुक्त अधिराज्यलगायत देशबाट फर्किएका २७७ जनाको स्वाव संकलन गरी आरटी पिसीआर परीक्षण व्यवस्था स्वास्थ्य सेवा विभागले गर्ने निर्णय पनि गरेको छ। थाहाबाट

SHARE