तोकिएको मितिमा चुनाव सम्पन्न गराउन तयार छौं : लुम्बिनी प्रहरी प्रमुख

0
509

पुस १२,२०७७ कपिलवस्तु :लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रवीन्द्र बहादुर धानुकले सरकारले तोकेको मिति चुनाव सम्पन्न गराउन तयार रहेको बताएका छन्।

शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको मन्दिर उद्घाटन गर्दै धानुकले यस्तो बताएका हुन्‌।

‘वैशाखमा हुने भनिएको चुनाव शान्तिपूर्ण रूपले सम्पन्न गर्न लुम्बिनी प्रदेश प्रहरी सक्रियताका साथ लाग्छ, उनले भने, नेपाल प्रहरीले प्रदेशका १२ जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान, चुरे दोहन रोक्न र राजस्व छली रोक्नका लागि शून्य सहनशील भई काम समेत गरेको छौ।’

SHARE