राष्ट्रिय परिचय पत्रका लागि गुल्मीमा ६७ हजारको बिवरण दर्ता

0
355

हुमाकान्त पोखरेल
पुस १२,२०७७ गुल्मी :गुल्मीमा ६७ हजारले राष्ट्रिय परिचय पत्रका लागि बिवरण दर्ता गराएका छन् ।
गत कात्तिक २३ गते जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट सुरु भएको परिचय पत्र बनाउने कार्यअन्तरगत हालसम्म कुल ६७ हजार २५१ जनाले राष्ट्रिय परिचय पत्रका लागि बिवरण दर्ता गराएका हुन् । अहिलेसम्म गुल्मीदरबार, धुर्कोट, मदाने र छत्रकोट गरी चार पालिकामा राष्ट्रिय परिचय पत्रका लागि बिवरण दर्ता गर्ने कार्य सम्पन्न भइसकेको छ ।
त्यस्तै रुरुक्षेत्र, मालिका र मुसिकोट नगरपालिकामा दर्ता कार्य भइरहेको छ । सम्पन्न भएका तीन स्थानीय तहमा मात्रै कुल ४३ हजार ११० जनाले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अपरेटर सुनिता कडेंलले जानकारी दिइन् ।
गुल्मीदरबार गाउँपालिकामा ११ हजार ६६७ जनाले राष्ट्रिय परिचय पत्रका लागि बिवरण दर्ता गराउने आकंलन गरिएकोमा ११ हजार ९०५ जनाले दर्ता गराएका छन् । धुर्कोट गाउँपालिकामा ११ हजार ७०३ जनाले दर्ता गर्ने लक्ष्य लिएकोमा १० हजार ५८० जनाले बिवरण दर्ता गराएका ् छन् ।
छत्रकोट गाउँपालिकामा १२ हजार ६७१ जनाले दर्ता गराउने लक्ष्य लिइएकोमा १० हजार ८४५ तथा मदाने गाउँपालिकामा १० हजार ७१७ जनाको अनुमान गरिएकोमा नौ हजार ७८० जनाले परिचय पत्रका बिवरण दर्ता गराएका छन् । मुसिकोट नगरपालिकाका वडा नम्बर १ पौदी अमराई, २ मुसिकोट र ३ पेगामा दर्ता गर्नेे काम सकिएको छ । मुसिकोटमा अहिलेसम्म सात हजार ४४२, रुरुक्षेत्रमा आठ हजार २३२ तथा मालिकामा आठ हजार ४६७ जनाले दर्ता गराउकोे जनाइएको छ ।
मुसिकोटमा १५ हजार ९२९, रुरुक्षेत्रमा ११ हजार ९४ तथा मालिकामा १० हजार ५९३ जनाले बिवरण दर्ता गर्ने अनुमान गरिएको अपरेटर कडेंलले जानकारी दिइन् । जिल्लाका अझै ६ वटा स्थानीय तहमा परिचय पत्र बनाउने काम बाँकी छ ।
रेसुङ्गा नगरपालिका, इस्मा, कालिगण्डकी, चन्द्रकोट र सत्यवती गाउँपालिकामा परिचय पत्रको काम बाँकी रहेको छ । अहिले संचालन भइरहेका पालिकामा काम सम्पन्न गरी बाँकी स्थानीय तहमा जाने कार्यक्रम रहेको छ । राष्ट्रिय परिचय पत्र बिवरण दर्ताका लागि अहिले गुल्मीमा जिल्ला प्रशासन कार्यालयको मातहतमा ६१ जना कर्मचारी रहेका छन् । हराएको तथा नयाँ नागरिकता बनाएपछि प्रशासन कार्यालयमै राष्ट्रिय परिचय पत्र बनाउने सुविधा समेत रहेको छ । अब करिब एक महिनामा सबै पालिकामा राष्ट्रिय परिचय पत्रका लागि बिवरण दर्ता गर्ने काम सकिने अपरेटर कडेंलको भनाई छ ।

SHARE