पूर्वराजदूत लोहनीको निधन

0
470

पुस १२,२०७७ काठमाडौं : पाकिस्तानका लागि नेपाली पूर्वराजदूत, वरिष्ठ अर्थशास्त्री तथा लेखक गोविन्द लोहनीको निधन भएको छ। ९३ वर्षीय लोहनीको उपचारको क्रममा शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको हो।

विगत दुई महिनादेखि स्वासप्रस्वास सम्बन्धी समस्याका कारण उनलाई अस्पताल भर्ना गरेर उपचार गरिँदै आएको थियो। उनको शनिबार राति ९ बजेर ५० मिनेट जाँदा निधन भएको छोरा कपिल लोहनीले जानकारी दिए।

SHARE