प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध गुल्मीमा जसपाको राँके जुलुस प्रर्दशन

0
668

पुस ११,२०७७ गुल्मी : प्रधानमन्त्री केपी शर्मा ओलीको गैर संबैधानिक कदम बिरुद्ध जनता समाजबादी पार्टी गुल्मीले शनिबार साँझ राँके जुलुस प्रर्दशन गरेको छ ।
केपी शर्मा ओली मुर्दाबाद , अधिनायकबाद मुर्दाबाद , जनता समाजबादी पार्टी जिन्दाबाद भन्दै राँके जुलुस सहित सदरमुकाम तम्घासको बजार परिक्रमा गरी कोण सभामा परिणत भएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै जनता समाजबादी पार्टीका जिल्ला बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले प्रधानमन्त्री कपी शर्मा ओली अधिनाायकबादी भएको भन्दै संसद बिघटनको निर्णय तत्काल फिर्ता लिनुपर्ने बताए । प्रधानमन्त्री र राष्ट्रपतिको गैर संबैधानिक कदमका बिरुद्धमा सबै दलहरु एक जुट भएर लाग्नुपर्नेमा जिल्ला सचिब जनक पन्तले जोड दिएका थिए ।
पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नै गुल्मीमा पनि राँके जुलुस प्रर्दशन गरेको जसपा गुल्मीले जनाएको छ ।

SHARE