गुल्मीमा चार स्थानीय तहका निजी प्रहरी

0
589
रेसुङगा नगरपालिकाका नगर प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा तालिम प्रदान पश्चात लिइएको सामुहिक तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
पुस९,२०७७ गुल्मी : जिल्लाका चार स्थानीय तहहरुले निजी प्रहरी नियुक्ति गरेका छन् ।
जिल्लाको रेसुंगा नगरपालिकाले सात जना , धुर्कोट गाउँपालिकाले पाँच जना ,इश्मा गाउँपालिकाले पाँच जना र मालिका गाउँपालिकाले छ जना नगर मातहतमा रहनेगरी नियुक्ति गरेका छन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार सेवा सर्त र सुबिधाको लागि नगरसभाबाट कार्यबिधि पारित गरी नगरप्रहरी छनोट गरिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । जस अनुसार एक जना हबलदारलाई १५ हजार र ६ जना जवानहरुलाई १३ हजारका दरले पारिश्रमिक दिने गरेको बताए । त्यो संगै मासिक तीन हजार खाजा खर्च र बार्षिक रुपमा पोशाक उपलब्ध गराउने बताए ।
उनीहरुलाई स्थानीय बजार अनुगमन , गाउँपालिका र नगरपालिकाको सुरक्षा बजार अनुगमन , आन्तरिक राजश्व उठाउने लगायतका कामको जिम्मेवारी दिइएको मालिका गाउँपालिका वडा नं ६ अर्जेका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए ।
बिपदको बेला पनि नेपाल प्रहरीहरुसंग समन्वय गरी उद्धारका कार्य संगै स्थानीय शान्ती सुरक्षा कायम गर्नका लागि उनीहरुको ठुलो भूमिका रहने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए ।
जिल्लाको मुसिकोट नगरपालिकाले पनि नगर प्रहरी नियुक्ति गर्ने प्रक्रियामा रहेको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

SHARE