गुल्मीमा सुन्तला कम फलेको कृषकको गुनासो

0
672

मनोज कार्की
पुस ८,२०७७ गुल्मी : गुल्मी रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँका डिलाराम मरासिनी मंसिर लागेपछि बारीमा फलेको सुन्तला बेच्न निकै ब्यस्त हुन्थे । सुन्तला बेचेरै राम्रो आम्दानी गर्दै आएका मरासिनी यस बष सुन्तला उत्पादन घट्दा दुःखी छन् ।
त्यस्तै रेसुङ्गा नगरपालिका वडा नं ३ भाडगाउँका थम्मन बहादुर भण्डारी यस बर्ष सुन्तला खेतीबाट असन्तुष्ट छन् । सुन्तलाको सिजन सकिएपछि पनि लामो सम्म बजारमा सुन्तला बेच्दै आएका भण्डारीको यसपालि अनुहारमा खुसि छैन् । निकै गुलियो र राम्रो दाना भएकाले प्रसस्त बजार पाउँदै आएको सुन्तलाको उत्पादन घट्दा कृषकलाई कारोना पछिको अर्को धक्का लागेको छ । सुन्तला बेचेर गुजाँरा तथा छोरा छोरी पढाउँदै आएका कृषकलाइ उत्पादन घटेपछि आफुहरु निरास भएको गुल्मीका कृषकले बताउँदै आएका छन् ।
नेपाल सरकार , कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले आर्थिक बर्ष ०७४।०७५मा मन्त्रीस्तरिय निर्णयबाट गुल्मी जिल्लामा सुन्तलाजात जोन ब्याबसायिकरणको लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत सुन्ताला जोन स्थापना भएको थियो । गुल्मीमा सुन्तला जोन घोषणा भएतापनि बिगतका बर्षमा भन्दा यस तुलात्मक रुपमा उत्पादन घट्ने कृषक बताउँछन्।
यस बर्ष सुन्तलाको बोटमा फूल तथा दाना लाग्ने समयमा बढि मात्रमा बर्षा भएका कारण सुन्तला उत्पादन कम भएको कृषकको भनाई छ । सुन्तलाको बोटमा फलेको सुन्तला रोगप्रकोपका कारण खस्ने, यो बर्ष सुन्तलाको दाना सानो भएको कृषकले गुनासो गर्छन् । सुन्तला खेतीबाट जीवीको पार्जन तथा छोराछोरीको पढाई खर्च जुटाउँदै आएका गुल्मीका कृषक यस बर्ष निरास छन् ।
गुल्मीमा उत्पादन भएको सुन्तला तम्घास , पाल्पा,बुटवल, काठमाडौं लगाएतका शहरमा निर्यात हुने गर्दछ । कृषकको घरबाटै ८० रुपैयाँमा बिक्री गर्दै आएका छन् । कृषकलाई उत्साहित गर्ने रेसुङ्गा नगरपालिकाले बिरुवा बितरण गरेपनि यस बर्ष गुल्मीमा कम सुन्तला उत्पादन हुने रेसुङ्गा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष थम्मन बहादुर केसीले बताए । वडा अध्यक्ष केसी भन्छन् “भाडगाउँ सुन्तलाको पकेट क्षेत्र हो तर अबिरल बर्षाका कारण फलेन सकेन” ।
जिल्लाका ८ वटा पालिकामा सुन्तला जोन कार्यक्रम लागु भएको छ भने ८ पालिकाका २४ वडामा संचालन भएको छ । सुन्तलाजात जोनमा कृषक समूह तथा सहकारी गरि १७४ जना आबद्ध छन् । गत बर्ष जिल्लाका स्थानिय तह कालीगण्डकी गाउँपालिकामा ७३ हेक्टर, गुल्मीदरबार गाउँपालिकामा ९४ हेक्टर,चन्द्रकोट गाउँपालिकामा ७३ हेक्टर,छत्रकोट गाउँपालिकामा १२४ हेक्टर, धुर्कोट गाउँपालिकामा २७८ हेक्टर, मदाने गाउँपालिकामा ६१ हेक्टर, मुसिकोट नगरपालिका ५३ हेक्टर,रेसुङ्गा नगरपालिका १३२ हेक्टर क्षेत्रफलमा गरि जिल्लामा ८ सय ८८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

सुन्तलाजात फलफूल जोनको तथ्याङ्क अनुसार ४०२.७९ हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्रमा गत बर्ष ७०२२.७९ मेट्रिकटन सुन्तला उत्पादन भएको प्रधानमन्त्री आधुनिकरण परियोजना , परियोजना कार्यान्वयन इकाई, गुल्मी जनाएको छ । कृषकले घटेको गुनासो गरेता पनि यस बर्षको उत्पादन तथ्याङ्क लिन कर्मचारीहरु फिल्ड खटिएको कार्यलयका कृषी अधिकृत सुमन खनालले बताए ।

SHARE