संसद् विघटनको विरोधमा जसपाद्वारा गुल्मीमा विरोध प्रदर्शन

0
852

सूर्य सनार
पुस ८,२०७७ गुल्मी : जनता समाजवादी पार्टी (जसपा)ले संसद् विघटनको विरोधमा गुल्मीमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक संसद् विघटनको विरोधमा प्रदर्शन गरेको हो।
संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपति निणर्य असंवैधानिक, लोकतन्त्रविरोधी र व्यवस्थाकै विपक्षमा रहेको पनि बताए। उनीहरुले संसद विघटना गर्ने असंवैधानिक कार्यलाई तत्काल फिर्ता नलिएसम्मका लागि सरकारको असंवैधानिक कदमको विरोधमा जिल्लामा विभिन्न विरोध कार्यक्रम गर्ने जसपा नेपाल केन्द्रिय सदस्य तेजेन्द्र थापाले बताए ।
गुल्मीको जिल्ला प्रशासन कार्यालयमा विरोध प्रर्दशन भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने कार्यलाई असंवैधानिक भएको भन्दै त्यसको विरुद्ध शसक्त आन्दोलन गर्ने गुल्मीका वरिष्ठ उपाध्यक्ष धनश्याम पाण्डेले बताएका छन् । कार्यक्रममा कोण सभाको अध्यक्ष विर बहादुर गुरुङ्गको रहेको कार्यक्रमको संचालन सचिब जनक पन्थले गरेका थिए ।

SHARE