गैँडाकोटमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

0
468

पुस ८,२०७७ नवलपरासी : पूर्वी नवलपरासीको गैँडाकोटमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ना३ख ५३३९ नम्बरको लहरे प्लेटफर्म टेलर कालिगण्डकी करिडोरको भित्री सडक खण्डमा दुर्घटनामा परेको हो। सिमेन्ट लगायतका सामान बोक्ने ट्रक बिहान बुलिनटार गाउँपालिकाबाट गैँडाकोटतर्फ आउँदै गर्दा गैँडाकोट नगरपालिका(३ को सेतिभिरबाट अन्दाजी १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा ३ जना पुरुषको शव भेटिएको छ। उनीहरुको सनाखत हुन भने बाँकी छ।

SHARE