कम्युनिष्टका मुर्खहरुले देशलाई ध्वस्त बनाए : चन्द्र भण्डारी

0
579

पुस ७,२०७७ गुल्मी :नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले कम्युनिष्टहरुबाट केही आस गर्न नसकिने स्पस्ट भएको बताएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका फोक्सिङमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले देशलाई कम्युनिष्टका मुर्खहरुले ध्वस्त बनाएको आरोप लगाएका छन् ।
जनताले बहुमत दिएर पठाएका कम्युनिष्टहरुले देश चलाउन नसकेको र संसद नै बिघटन गरिदिएकाले कम्युनिष्टहरुलाई उनले बाँदरको संज्ञा दिएका छन् । बाँदरहरुले संबिधान ध्वस्त बनाएको , देश र जनताहरुलाई पनि ध्वस्त बनाएकाले अब देशलाई काँग्रेसले मात्र चलाउन सक्षम भएको उनले दाबी गरे ।
भाषणबाट मात्र अब केही नहुँने स्पस्ट भएको भन्दै कम्युनिष्टहरुलाई जनताले दिएको मतको समेत कदर नभएको उनले दाबी गरे । कम्युनिष्टहरुलाई अब बिदा गर्नुपर्ने अबस्था आएको उनले बताए ।
संबिधान निर्माणको क्रममा पनि काँग्रेसले सबै दललाई साथमा लिएर संबिधान जारी गरेको स्मरण गर्दै काँग्रेस नै देशको सक्षम पार्टी भएको उनले दाबी गरे ।

SHARE