गुल्मीमा अटो रिक्सा दुर्घटना : थप एक जनाको मृत्यु

0
418

पुस ४,२०७७ गुल्मी :गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका रेसुंगा २ का १८ बर्षका सुरज परियारको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा करिब ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अर्का घाइते १७ बर्षका सुनिल बिकको प्रभासमै उपचार भइरहेको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका लु १ ह २७४३ नम्बरको अटो चालक रेसुङगा नगरपालिका वडा नं १२ का ३० बर्षका चालक तेजबहादुर रानाको राती नै गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
गुल्मीदरवार गाउँपालिकाको गैडाकोटबाट गए राती करिब नौ बजेतिर तम्घास तर्फ आउँदै अटो रिक्सा भगारीमा अनियन्त्रीत भइ दुर्घटना भएको थियो ।
रेसुङगा नगरपालिका १२ का २७ बर्षका रमेश खत्री , रेसुंगा नगरपालिका २ का १६ बर्षका रोशन परियारको गुल्मी अस्पतालमा उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । । अटो रिक्सा सडकदेखि करिब दुइ सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE