पुस ४,२०७७ गुल्मी : गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइतेभएका छन् ।
गुल्मीदरवार गाउँपालिका गैडाकोटबाट गए राती तम्घास तर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो भगारीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका रेसुंगा नगरपालिका वडा नं १२ का ३० बर्षका चालक तेजबहादुर रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी नायब उपरीक्षक अशोककुमार लम्सालले जानकारी दिए ।
यस्तै अटो रिक्सामा सवार रेसंगा नगरपालिका १२ का २७ बर्षका रमेश खत्री , रेसुंगा नगरपालिका २ का १६ बर्षका रोशन परियार ,१८ बर्षका सुरज परियार , १७ बर्षका सुनिल बिक घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका सुरज र सुनिल को लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अन्य २ जनाको गुल्मी अस्पतालमा उपचार भइरहेकोे छ । अटो रिक्सा सडकदेखि करिब दुइ सय मिटर तल खसेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।