सुनको भाउ ८ सय रुपैयाँले बृद्धि

0
385

पुस ३,२०७७ काठमाडौंः सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको अस्थिरताका कारण सुनको भाउमा उतारचढाव आइरहेको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको छ ।

हप्ताको पहिलो दिन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हप्ताको अन्तिम दिन शुक्रबार आज ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ । यस्तै यो हप्ता चाँदी पनि तोलामा ८० रुपैयाँले बढेको छ ।गएको आइतबार तोलाको १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ८० रुपैयाँ पुगेको छ ।

SHARE