मालपोत प्रमुखसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

0
519

पुस,२०७७ दाङ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुलसीपुरस्थित मालपोत कार्यालय प्रमुखसहित ४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कार्यालय प्रमुख मालपोत अधिकृत नरेशकुमार खड्कासहित ४ जनाविरुद्ध जनही बिगो ३ लाख २० हजार माग दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको हो।

कार्यालयका नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेले सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइ दिन घुस मागेका थिए।

SHARE