मंगलबार ९ सय ३६ जनामा कोरोना पुष्टि,१४ जना संक्रमितको मृत्यु

0
376

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा कुल संक्रमित संख्या २ लाख ५० हजार एक सय ८० पुगेको छ। सक्रिय संक्रमित संख्या घटेर ९ हजार ८ सय ८१ मा आइपुगेको छ।

मन्त्रालयका अनुसार थप १९ सय ९६ जनाले कोरोना संक्रमण जितेका मन्त्रालयले जनाएको छ। कोरोनामुक्त हुनेको संख्या २ लाख ३८ हजार पाँच सय ६९ पुगेको छ।

त्यस्तै, आज थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेको कुल संख्या १७ सय ३० पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ हजार एक सय १७ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४३ हजार ५ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्‍वारेन्टाइनमा चार सय ५७ जना रहेका मन्त्रालयले जनाएको छ।

SHARE