रेसुंगाका ३६ बर्षिय पुरुषको संक्रमणका कारण मृत्यु

0
396

मंसिर ३०,२०७७ गुल्मी : कोरोना संक्रमणका कारण गुल्मीमा थप एक जनाको मृत्यु भएको छ ।
जिल्लाको रेसुंगा नगरपालिका वडा नं १ का ३६ बर्षका पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मंगलबार बिहान ७:५० मा मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी प्रदीप खनालले जानकारी दिए । मंसिर २५ गते उपचारका लागि गएका उनको २६ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको आइसियुमा राखेर उपचार भइरहेको थियो ।
यो संगै गुल्मीमा कोरोना संकमणका कारण १३ जनाको मृत्यु भएको छ ।

SHARE