कपिलवस्तुका एक कोरोना संक्रमितको भैरहवामा मृत्यु

0
346

मंसिर ३०,२०७७ कपिलबस्तु : कपिलवस्तुका एक कोरोना संक्रमितको भीम अस्पताल भैरहवामा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा नं। ३ का ७० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताए । यो थप भएसँगै कपिलवस्तुमा कोरोनाका कारणले ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तुमा कोरोना संक्रमितको संख्या एक हजार नौ सय ४९ पुगेको छ । जस मध्ये ११४ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।

SHARE